भ्रम फैल्याउनेहरुसंग सचेत रहनु पर्छ ः ओली

0
31

विराटनगर, १७ मंसिर । एमाले अध्यक्ष एवं वाम गठबन्धनका नेता केपी शर्मा ओलीले निर्वाचनका बेला जनतामाथि भ्रम फैल्याउने र झुटा आश्वासन बाँड्नेहरुसंग सचेत रहन आग्रह गर्नु भएको छ । लुटलाट र ठगी गर्नेहरुले नेपाली जनतालाई गुम्राहमा राखिरहेको बताउँदै उहाँ यस्ता अलोकतान्त्रिक तत्वलाई नेपाली जनताले चिनिसकेका कारण उनीहरुको हविगत चुनाव पछि थाहा हुने दावी गर्नु भयो । कांग्रेस प्रति लक्षित गर्दै ओलीले देश टुक्राउन खोज्नेसंग तालमेल गरेर राष्ट्रको रक्षाका लागि लड्ने शक्तिका विरुद्ध गतिविधी गरिरहेको आरोप लगाउनु भयो । ‘देश बनाएर जनतालाई सुःख दिन पर्छ भन्नेका सपना भिन्दै छन्,’ पूर्व प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘भ्रष्टाचार गर्ने र पैसा कसरी कमाउन सकिन्छ भनेर लागेकाहरुको जपना भिन्दै छ ।’ राजनीति देश र जनताका लागि गर्नु भन्दै उहाँले कतिपयले राजनीतिलाई ठगी खाने भाँडो बनाउँदै कमाउने धन्दाका रुपमा दुरुपयोग गरेको आरोप लगाउनु भयो । वीपीको समाजवाद्धको सिद्धान्तलाई एमालेले अंगिकार गरिरहेको र कांग्रेसले त्यसलाई भुलेर गएको उहाँको दावी छ । कांग्रेससंग मुलुक बनाउने कुनै एजेन्डा नै नभएको र वाम गठबन्धनको एजेन्डामा नेपाली जनताले समहमति जनाइसकेको ओलीको भनाइ छ । देशको स्वाभीमान र स्वाधिनताको रक्षाका लागि संधै भरी एमाले लडिरहेको उहाँको दावी छ । मुलुकको सिर उचो बनाउनका लागि र सिर झुक्न नदिनका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गर्नु पर्ने उहाँको जिकिर छ । उहाँले देशको हित गर्न, मुलुकलाई बचाउन, स्थायित्व प्रदान गर्न र स्वाधिनताको रक्षा गर्नका लागि वाम गठबन्धनलाई बहुमत चाहिएको बताउनु भयो । ओलीले कांग्रेसको अरु दलसंगको मिलेमतोलाई लोकतान्त्रिक नभइकन अलोकतान्त्रिक र दक्षिणपन्थी गठबन्धन भन्नु भएको छ । ओलीले पुष्पलालको सालिकमा माल्यार्पण पनि गरे ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here