Tune to BFM 91.2|Biratnagar

भ्रष्टाचारविरुद्धको प्रतिबद्धता पूरा गर्न संसदमा माग

विराटनगर, २२ असार । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता अपनाउने प्रतिबद्धता पूरा गर्न प्रदेश–१ को संसदमा माग गरिएको छ ।

आजको प्रदेशसभाको शून्य समयमा सांसद राजन राईले भ्रष्टाचारविरुद्ध शुन्य शहनशिलता अपनाउने प्रतिबद्धता पूरा गर्न माग गर्नुभएको हो ।

सरकारले आफूले घोषणा गरेको शून्य सहनशिलताको प्रतिबद्धता पुरा नगरेको उहाँको गुनासो छ । राईले प्रदेशमा भएको भ्रष्टाचारको विषयमा दसि प्रमाण पनि जुटाउन आफूहरू तयार रहेको बताउनुभयो ।

राईले कतै निर्माण भइसकेको सिंचाइ आयोजनालाई पनि बजेट विनियोजन गरिएको र निर्माण नै सुरू नभएको सडकका नाममा बर्षेनि बजेट विनियोजन हुने र खर्च पनि हुने गरेको जानकारी दिनुभयो ।

राईले प्रदेश–१ मा असाधारण तरिकाले भ्रष्टाचार भइरहेको भन्दै सरकारको ध्यानकर्षण पनि गराउनुभयो । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पटक–पटक भ्रष्टाचारविरुद्ध प्रदेश सरकारले शुन्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाउँदै आउनुभएको छ ।

शुन्य समयमै सांसद खिनुलङ्वा लिम्बुले प्रदेशका विभिन्न जिल्लामा रहेका काठेपुलका कारण समस्या भइरहेकाले काठेपुल विस्थापित गरी स्ट्रिलका पुल निर्माण गर्न माग गर्नुभयो । आजको बैठकमा पनि प्रदेशसभामा पेश भएको औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विषयमा छलफल भएको छ ।

छलफलमा सांसदहरू जयराम यादव, प्रकाशप्रताप हाङ्माङ, विमल कार्कीलगायतले भाग लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button