Tune to BFM 91.2|Biratnagar

भ्रामक समाचार प्रति नेकपा अरुण गाउँपालिकाको ध्यानाकर्षण

भोजपुर, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका भोजपुरले भ्रामक समाचार फिँजाएको प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पार्टीले आज एक विज्ञप्ती जारी गर्दै “मुख्यमन्त्री र लालझण्डाको आडमा नेकपाका नेता मल तस्करीमा” भन्ने भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


विज्ञप्तिमा भनिएको छ, जनतालाई तथ्य र सही सूचना सम्प्रेषण गर्नुको अलवा संवैधानिक र सम्मानित संस्थाको प्रमुख, झण्डा र पार्टिलाई समेत जोडेर कपोकल्पित अतिरंजीत र तथ्यहिन समाचार सम्प्रेषण गरि जनता र समाजमा भ्रम सिर्जना गर्नु आफैँमा पेशागत अपराध र कानुनी राज्यको उपहास गर्नु हो, जसको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।


साथै सो प्रकरणमा संलग्न भनिएका व्यक्तिहरुमध्ये अर्जुन कट्वाल नेकपाको वरिष्ठ नेता नभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता अर्जुन भुजेलको प्रत्यक्ष संलग्न रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भ्रामक समचारको पुष्टि गर्न सम्बन्धित पक्षलाई कडा चुनौती गर्दछौं । साथै जुनसुकै अराजनीतिक गतिविधी र आरोपको विरुद्धमा जस्तोसुकै मूल्य चुकाउने स्मरण गराउँदै सत्य तथ्य छानविन गरि दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपालिका पार्टी सरकार समक्ष जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button