मंगलबार मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि
काठमाण्डौ, ११ चैत । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको प्राप्त परीक्षण अनुसार रिपोर्टमा मृतक सन्तोष यादवमा कोरोना संक्रमण नभएको पाइएको भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेड श्रीराम तिवारीले जानकारी दिनुभएको छ ।
वीरगञ्ज २२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको हिजो बिहान साडे नौ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा नौ गते चैतमा रिफर गरेर कोरोना विशेष अस्पतालमा लगिएको थियो ।
चैत १० गते काठमाडौं पठाइएको यादवको रिपोर्ट हिजो बेलुका आएको हो ।