Tune to BFM 91.2|Biratnagar

मटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

विराटनगर, १८ भदौ । खेतमा पानी पटाउन मटर जोड्ने क्रममा करेन्ट लागेर मोरङको रंगेलीमा आज बिहान एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर रंगेली नगरपालिका–५ का ५५ वर्षीय रामप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताउनु भयो ।

उहाँका अनुसार मटरमा विद्युत्को लाइन जोड्ने क्रममा बिहान ६ बजेतिर करेन्ट लागेर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button