मनसुन अझै लम्बिने

विराटनगर, १ असोज । यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ ।

मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपाली त्यस्तो कुनै लक्षण नदेखिएको मौसमविद् शान्ती कंडेलले जानकारी दिनुभयो ।

मनसुन तोकिएको मितिमै सकिने हो भने अब ६ दिन मात्रै बाँकी छ । मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्छ । अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने भएको मौसमविद् कंडेलले बताउनुभयो ।

नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ । तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो ।

मनसुन २ दिनमात्रै ढिला गरी भित्रिएको भए पनि बाहिरिन भने अझै १० देखि १५ दिन नै लाग्न सक्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button