मन्त्रीका अंगरक्षकको निधन

0
101

विराटनगर, १२ मंसिर । विना विभागिय मन्त्री एवं वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको आज विहान निधन भएको छ । नेपाली सेनाका जम्दार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । पुर्खेउली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत हुनु हुन्थ्यो । मन्त्री मण्डलको विराटनगर १ पोखरिया स्थित निवासमा सुतिरहेका बेला राति अचानक असहज मसुस गरेपछि उहाँलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका लागि नर्सिङ होम पुर्याउन साथ विहान १ः४५ बजे बुढालाई चिकित्सकले मृत्त घोषणा गरेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here