मलाला युसुफजाइ ६ वर्षपछि आफ्नो देश फर्किइन

0
83

काठमाडौं, १५ चैत । महिला शिक्षा तथा बालअधिकारकर्मी मलाला युसुफजाई आफ्नो देश पाकिस्तान फर्किएकी छिन् । सन् २०१२ को अक्टोबरमा, महिला शिक्षाको वकालत गरेको भन्दै तालिबानले टाउकोमा गोली हानेपछि बेलायतमा बस्दै आएकी मलाला त्यसपछि पहिलोपटक पाकिस्तान पुगेकी हुन् ।सुरक्षाको कारण भन्दै उहाँको भ्रमणको विस्तृत जानकारी खुलाइएको छैन । मलालाले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । मलालाले इस्लामावाद बेनजिर भूट्टो अन्तराष्ट्रिय विमानस्थलमा आफ्नो परिवारलाई भेटेको पाकिस्तानी टेलिभिजनले देखाएका छन् । ११ वर्षको उमेरबाट बीबीसी उर्दुमा ब्लग लेख्न थालेकी २० वर्षीया मलालाले बालिका शिक्षामा पुर्याएको योगदानका लागि सन् २०१४ मा नोबेल पुरस्कार पाएकी थिइन

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here