महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र स्वास्थ्य मन्त्रालयबिच सम्झौता

0
256

काठमाडौं, जेठ २० – स्वास्थ्य मन्त्रालयले नेपालको भूगोल सुहाउँदो स्वास्थ्य उपकरण निर्माण गर्न लागेका महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यका लागि सम्झौता गरेको छ ।
नेपालको स्वास्थ्योपचारलाई गुणस्तरीय र प्रभावकारी बनाउन नेपालकै अवस्था अनुसारको उपचार उपकरण बनाउँदा सस्तो र गुणस्तरीय हुनाका साथै नेपाली आविष्कारलाई समेत प्रेरणा मिल्ने भएकाले स्वास्थ्यमन्त्री गगन थापाको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार मन्त्रालयले केन्द्रले आविष्कार गर्ने हरेक प्रविधिलाई आर्थिकलगायत प्रविधि र उपकरणको कार्यान्वयनका लागि सहयोग गर्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here