माई खोलाले बगाएर एकको मृत्यु

0
34

झापा, साउन २ गते। झापाको शिबशतासी नगरपालिका–१० दोमुखा स्थित माइधारमा हिजो माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुँनमा शिबशतासी नगरपालिका–७ लालपानी बस्ने २९ बर्षिय कमल फुयाल रहेका छन्। अपरान्ह ४ बजेतिर साथीहरुसंग खोला तर्ने क्रममा कमललाई उक्त खोलाले बगाएको थियो। उनलाई इलाका प्रहरी कार्यालय झिलझिले र साथीहरुको सहयोगमा खोजी गर्ने क्रममा बेलुका ७ बजे अन्दाजी ५० मिटर तल मृत अवस्थामा फेला परेको बताइएको छ ।

Comments

comments

LEAVE A REPLY