माओवादीका मन्त्रीहरुले आज सरकार छाड्ने

0
136

काठमाडौं, २८ पुस । माओवादी केन्द्रका मन्त्रीहरू आजदेखि सरकारबाट फिर्ता हुँदैछन् । सरकारमा गएको आठ महिनापछि माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता हुन लागेका हुन् । माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीबाट फिर्ता पठाउन आज पत्र पठाउने माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएपनि माओवादी मन्त्रीहरुले राजीनामा गरेका थिएनन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here