On Air BFM 91.2|Biratnagar

माओवादीका सचिवसहित दुई सय जना एमालेमा प्रवेश

विराटनगर, १६ वैशाख । मोरङको कटहरी गाउँपालिकाबाट नेकपा (माओवादी केन्द्र)का गाउँ कमिटी सचिव शंकर महतो नेकपा (एमाले)मा प्रवेश गर्नु भएको छ । एमाले मोरङका जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीले माओवादीका कटहरी सचिव महतोसहित कांग्रेस, राप्रपासमेतका दल परित्याग गरेर दुई सय जना एमालेमा प्रवेश गरेको जानकारी दिनु भयो । एमाले कटहरीका सहइन्चार्जसमेत रहनु भएका बुढाथोकीका अनुसार २०७४ सालको निर्वाचनमा माओवादीका उम्मेदवार महतो सबैभन्दा बढी मत ल्याएर कटहरी–५ को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । यसअघिको निर्वाचनमा कटहरी–५ को पूरै सेट माओवादीले जितेको थियो ।

महतोसँगै कटहरी–५ मा माओवादीबाट निर्वाचित हुनु भएका जनप्रतिनिधिहरु तारादेवी सरदार, सीता मुडियारी, गोपाल उरावसमेत एमाले प्रवेश गरेको बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार माओवादीका गाउँ कमिटी सल्लाहकार लम्लेस मुडियारी, थिरु मुडियारीसमेत एमालेमा आउनु भएको छ । माओवादी कटहरी–५ का अध्यक्ष दीपेन्द्र सरदारसहित माओवादीको सिंगो वडा कमिटी नै एमालेमा प्रवेश गरेको बुढाथोकीले बताउनु भयो ।

२०७४ माओवादीबाट कटहरी–५ को वडाध्यक्षमा निर्वाचित बन्नु भएका घनश्याम सिंह भने कांग्रेसमा प्रवेश गर्नु भएको छ । माओवादी लगायतका दल छाडेका सबै जनालाई एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश कमिटी सदस्य महेश भट्टराई लगायतले पार्टी प्रवेश गराउनु भएको छ । नेता पण्डितले सबै मिलेर घेराबन्दी गरे पनि जनताको आकर्षण भने एमालेमै रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘मुलुकको विकास गर्ने महान उदेश्य लिएर एमाले अघि बढिरहेको छ ।’

Leave a Reply

Your email address will not be published.

Call Now Button