माघी पर्वमा माघी महोत्सव आयोजना हुने

0
310

विराटनगर , पुस ३०
हरेक वर्ष थारु समुदायले आफ्नो मुख्यपर्वको अवसर पारेर मोरङमा आयोजना गर्दै आएको माघी महोत्सवमा यसपटक मगर समुदायले पनि सहभागी जनाउने भएका छन् ।थारु महिला सभा जिल्ला कार्य समिति मोरङको आयोजामा आगामी माघ–६ गते ग्रामथान गाउँपालिको तेतरियामा महोत्सव हुुने भएको हो । आयोजकले आज विराटनगनरमा पत्रकार सम्मलेन गर्दै महोत्सवमा लखन्तरीका मगर समुदायहरुको पनि सहभागिता रहने जनाएको हो । कार्यक्रममा बोल्दै मगर संघ मोरङकी सदस्य जानुका मगरले आफुहरु लामो समयदेखि थारु समुदायको बाहुल्यता रहेको ग्रामथानमा बसोबार गर्दै आएकाले आफूहरुले पनि माघी पर्व मनाउने गरेको बताउनुभयो । यस पटकको महोत्सवमा आफूहरुले पनि सांस्कृतिक नृत्य हुर्रा, झाँकी प्रदर्शन गर्ने उहाँले बताउनुभयो । महोत्सवमा थारु समुदाय खानाका विभिन्न परिकार चिछोरी भात, वगिया, भक्का, तिलको लडु, घुङी, झुना माछा तथा परेवा साथै हासको मासु र मगर समुदायको खानाका परिकार ढिडो, गुन्द्रुक, सिस्नुको साग, फापरको रोटी, तिलको अचारलगायतका परिकार राखिने जनाइएको छ । यसैगरी संस्कृति झल्कने झाँकी, नृत्य, हुर्रासमेत प्रदर्शन गरिने जनाइएको छ । महोत्सवमा मोरङ क्षेत्र न ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारु, प्रदेसभा सदस्य विजय विश्वास, चुमनारायण तवदारलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here