माछा मार्न गएका युवाको खोलामा शव फेला

विराटनगर, २ कात्तिक । माछा मार्न भनेर घरबाट निस्किएका मोरङको कटहरीका एक युवाको शव आज बिहान खोलामा डुबिरहेको अवस्थामा फेला परेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लोहन्द्रा खोलामा डुबेर मृत्यु भएको अवस्थामा कटहरी गाउँपालिका–४ का २२ वर्षीय लक्ष्मण पासवानको शव भेटिएको बताउनु भयो । उहाँका अनुसार माछा मार्नका लागि भनेर लक्ष्मण शनिबार दिउँसो घरबाट निस्किएका थिए ।

घर नआएपछि खोजी गर्ने क्रममा परिवारका सदस्य र आफन्तले खोलामा मृत फेला परेपछि प्रहरीलाई खवर गरेका थिए ।

एसपी खड्काले शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको बताउनु भयो । उहाँका अनुसार माछा मार्ने क्रममा खोलाको दहमा डुबेर युवाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button