मातृशिशुदर घटाउन कोशी अस्पतालमा ‘सुसार’ कार्यक्रम

विराटनगर, १९ असोज । कोशी अस्पताल विराटनगरमा मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन ‘सुसार’ कार्यक्रम सुरु गरिएको छ ।

मातृ शिशु मृत्युदर घटाउने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हातेमालो गर्न गोल्डेन कम्युनिटी र कोशी अस्पतालले ‘सुसार’ कार्यक्रम सोमबारदेखि संचालनमा ल्याएको हो ।

गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उद्देश्यले कार्यक्रम सुरू गरिएको सञ्चार विज्ञ सिर्जना शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल अन्तर्गतका मातृ तथा नवजात शिशु स्याहार वडाहरुमा गुणस्तर सुधारका लागि चाहिने सीप र प्रविधिलाई प्रयोगमा ल्याई प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो ।

सुसार कार्यक्रम प्रदेश १ को कोशी अस्पतालमा मात्र कार्यक्रम शुभारम्भ भएको गोल्डेन कम्युनिटीका कार्यक्रम प्रबन्धक रेजीना गुरूङले बताउनुभयो । प्रसूति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन सुसार कार्यक्रमले स्वास्थ्यकर्मीलाई सशक्त बनाउने उहाँको भनाई छ ।

सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेकोेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button