Tune to BFM 91.2|Biratnagar

मानव सेवा आश्रमलाई विराटनगरमा ६ कट्ठा जग्गा प्रदान

विराटनगर १४ फागुन । विराटनगर महानगरपालिकाले मानव सेवा आश्रमलाई ६ कट्ठा जग्गा प्रदान गरेको छ । सडकमा रहेका र असाहाय नागरिकको संरक्षणमा काम गर्दै आएको आश्रमको संरचना निर्माणका कवीर सेवा आश्रमको नाममा रहेको ६ कट्ठा जग्गा आज आश्रमलाई प्रदान गरिएको हो ।

महानगरपालिकाको समन्वयमा सदगुरु कवीर सेवा आमश्रमको नाममा रहेको जग्गा आश्रमलाई उपलब्ध गराइएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभयो । दिल्ली पब्लिक स्कुल नजिकै रहेको सदगुरु कवीर सेवा आश्रमको नाममा १३ कट्ठा जग्गा रहेको छ । सोमध्ये छ कट्ठा जग्गा आश्रमलाई प्रदान गरिएको हो ।

बाँकी जग्गा पनि आश्रमलाई प्रयोग गर्न दिइने प्रमुख पराजुलीले जानकारी दिनुभयो । महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आश्रमका लागि संरचना निर्माण र पार्क निर्माण गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button