माया, सम्मान र हेरचाह नै ज्येष्ठ नागरिकको संरक्षण

0
468

विराटनगर, २२ माघ । विराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बुढौली हुदै जादाँ उनीहरुको संरक्षणको लागि माया, सम्मान र हेरचाह खाँचो रहेको औलाएका छन् । नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरद्धारा एकदिने ज्येष्ठ नागरिकहरुको संरक्षण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको थियो । साधारण सूचनाबाट पनि बन्चित भएका कारण ज्येष्ठ नागरिकहरुले पाउने सेवा तथा न्यायमा पहुँच हुन नसकेको औलाएका थिए । प्रशिक्षक प्रकाश पोख्रेलले जेष्ठ नागरिकहरुलको संख्या धेरै भएकाले उनीहरुले राज्यका निर्णायक तहमा प्रभाव पार्न सक्ने बताउनुभयो । निर्वाचनमा आफुले चाहेको जस्तो परिणाम ल्याउन सक्ने भन्दै त्यसका लागि जेष्ठ नागरिकहरुविच एकताको खाचो औल्याउनुभयो । उहाँले उमेर बढेपनि विचारका रुपमा झन् सकृय हुनुपर्नेमा जोड दिनुभयो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यापक शर्मिला श्रेष्ठले बृद्धावस्थामा आउने परिवर्तनहरुका बारेमा जानकारी दिदै, बृद्धबृद्धा आफैले अपनाउनुपर्ने सजगता तथा परिवारले गर्नुपर्ने हेरचाहका बारेमा जानकारी दिनुभयो । प्राध्यापक डाक्टर भेषप्रसाद धमलाले अवकास प्राप्त जीवनलाई कसरी उपयोगी तथा खुसी बनाउन सकिन्छ भन्नेबारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले जेष्ठ नागरिकहरु सूचना पाउनबाट बञ्चित रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिक समक्ष सूचना पुग्न नसकेको गुनासो गर्नुभयो । सन् २०११ को जनगणना अनुसार नेपालमा ८.१ प्रतिशत जनसंख्या ज्येष्ठ नागरिकहरुको रहेको तथ्यांक रहेको छ । ज्येष्ठ नागरिकहरुको क्षेत्रमा क्रियाशिल आधादर्जन संघ संस्थाका ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिकहरुको हेरचाहा र पालपोषण गरिरहेका परिवारहरुका सदस्यहरु गरि जम्मा ६० जनाको सहभागिता रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here