Tune to BFM 91.2|Biratnagar

मिडिया संवन्धि नीति आवस्यक रहेकोमा सरोकारवालाको जोड

विराटनगर, ३० कात्तिक । प्रदेश र स्थानीय तहमा मिडिया संवन्धि नीति आवस्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । मानव अधिकार संचार प्रतिष्ठान ( इह्रिकन) को आयोजनामा फ्रि मिडिया नेटवर्कको पैरवी रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले मिडिया संवन्धि नीति आवस्यक रहेकोमा जोड दिएका हुन ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले मिडिया संवन्धि नीति निर्माणका लागि पहल गरिरहेपनि प्रदेश सरकारहरु परिवर्तन भईरहँदा समस्या भएको बताउनुभयो । उहाँले स्थानीय तहमा मिडिया संवन्धि नीतिका लागि आवस्यक पहल हुन नसकीरहेको बताउनुभयो । एड्भोकेसी फोरम प्रदेश १ की संयोजक रुक्मीणा दाहालले प्रदेश र स्थानीय सरकारलाई मिडिया नीति निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले निर्णयका आधारमा भन्दा पनि नीति नै आवस्यक हुने बताउनुभयो । इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले आर्थिक, सामाजिक, सांस्कृतिक संवन्धिका सवालमा सामुहिक रुपमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौला, गैसस महासंघ उपाध्यक्ष विष्णु शर्मा पन्त, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत चेतनाथ पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी निरीक्षक एल्जिना राई, माईती नेपालकी गिताञ्जली शर्मा, ओरेककी गोमा भण्डारी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले मोरङमा सञ्चारमाध्यमको अवस्था र फ्रि मिडियाले गरेको कामको प्रकाश पादै पैरवीका बारेमा सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button