मिस्टर एण्ड मिस टिन पूर्वाञ्चलको फाईनल असार २ गते

0
642

विराटनगर, ३१ जेठ । विराटनगरमा जारी मिस्टर एण्ड मिस टिन पूर्वाञ्चलको फाईनल प्रतियोगिता असार २ गते हुने भएको छ । मञ्जिना मुभिज क्रिएसनको आयोजनामा हुने प्रतियोगिताको विजेतालाई ताज सहित आकर्षक पुरस्कार प्रदान गरिने निर्देशक जतिन ताम्रकारले जानकारी दिनुभयो । प्रतियोगितामा पुर्वका विभिन्न क्षेत्रबाट १ सय ४० जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा वीएफएम ९१.२ की निर्देशक निशा खुशी, डा.मञ्जिल श्रेष्ठ, करियोग्राफर समीक्षा कार्की, शिक्षासेवी भेषराज पोखरेल, बैंकर नवनितराज प्रधान रहनु भएको छ । प्रतियोगिता विराटनगरकै ठुलो भएको आयोजकको दावी छ । प्रतियोगितालाई निरन्तरता दिईने निर्देशक ताम्राकारले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here