Tune to BFM 91.2|Biratnagar

मुख्यमन्त्री आचार्यद्धारा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश

विराटनगर, ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । प्रस्तावमाथि आइतबारको बैठकमा मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले बताउनुभयो । विश्वासको मत लिनेसम्बन्धी मुख्यमन्त्रीको प्रस्तावमा आइतबार मतदान गर्ने सहमति कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएसँगै आचार्य नेतृत्वको सरकारको आयु आइतबारसम्म लम्बिएको हो ।

विश्वासको मत लिनका लागि असोज २५ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभा सचिवसमक्ष सूचना दिएका थिए । प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनका पक्षमा ५० सांसद देखिएका छन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ एकिकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button