मुख्यमन्त्री भन्छन् ः राजधानी र नामको विषयमा दुनियाँलाई रमिता नदेखाऔँ

0
136

मोरङ,२७ वैशाख । प्रदेश संसदमा हिजो दोश्रो पटक सम्बोधन गर्नुभएका मुख्यमन्त्री शेरधन राईले सकेसम्म सहमतिकै माध्यामबाट प्रदेशको राजधानी र नामांकरण टुंगो लगाइने बताउनुभएको छ । सरकारले परिपक्व ढंगले छलफल चलाए राजधानी र नामांकरणको विषय टुङ्गो लगाउन चाहेको मुख्यमन्त्री राईले स्पष्ट पार्नुभयो । विभिन्न प्रकारका भावनात्मक प्रभाव र दबाबमा परेर एवम् दुनियाँलाई रमिता देखाएर राजधानी र नामाङ्करणको विषयमा अगाडि बढ्न नसकिने उहाँले ठोकुवा गर्नुभयो । प्रदेश सरकारलाई विवाद र झमेलामा फसाउने प्रपञ्च भइरहेको भन्दै मुख्यमन्त्री राईले भन्नुभयो ‘कसैको भावना दबाब वा यसो र उसो भनेर सरकार बहकिएको छैन, हामीले अनावश्यक विवाद र झमेलामा फस्न सुहाउँदैन ।’ उहाँले प्रदेशको राजधानी तोक्ने र नामाकरणको विषयमा संसदका सबै दलहरुसँग परामर्श थालेको जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here