Tune to BFM 91.2|Biratnagar

मुसहर बस्ती आक्रमण बारे बुझ्दै : राज्यमन्त्री गजमेर

विराटनगर, २४ साउन । मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जीमा भएको आक्रमणबारे प्रदेश १ सरकारकी समाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले घटनास्थल पुगेर जानकारी लिनु भएको छ ।

आज जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी र राजनैतिक दलका कार्यकर्तालाई सँगै लिएर घटनास्थल पुगेर अवस्था बुझ्नु भएकी राज्यमन्त्री गजमेरले मध्यरातमा गरिबहरुमाथि आक्रमण गर्नेहरुले कानुनअनुसार कडा सजाय पाउनुपर्नेमा जोड दिनुभयो ।

टोलमा कायम रहेको त्रासको वातावरण अन्त्य गराउन लागिपर्न स्थानीय प्रहरी र जनप्रतिनिधिहरुलाई निर्देशन गर्नुभयो । त्रासमय मुसहरी टोलको अवस्था समान्य बनाउन आज मुसहरी बस्तीमा भएको पूर्व सांसद खेम नेपाली, नेपाली कांग्रेस गाउँ सभापति जितनारायण थापा, नेकपा मोरङ सदस्य कपिल सृुनार, अधिकारकर्मी उमेश विश्वकर्मालगायतले घटनामा संलग्न फरारहरुलाई पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

बुढीगंगा गाउँपालिका अध्यक्ष वालचन्द्र माझीले घाइते परिवारलाईआवश्यक राहत प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । साउन १९ गते राती विराटनगर–१४ जतुवाबाट हातहतियारसहित आएको समूहले मुसहरवस्तीमा आक्रमण गरेको थियो ।

आक्रमणमा परी ५ जना घाईते भएका छन् । आक्रमणमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी तीव्र बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button