Tune to BFM 91.2|Biratnagar

मूल्यांकनसहितको डकुमेन्ट छिट्टै सार्वजनिक गर्नेछौं : मुख्यमन्त्री राई

विराटनगर, ४ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार गठन भएपछि गरेका काम र भएका कमजोरीहरू जनतालाई जानकारी गराउने बताउनु भएको छ ।

आज प्रदेश योजना आयोगले तयार गरेको प्रदेशको पाश्र्वचित्र सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले भन्नुभयो, “कतिपय मानिसहरू संघीय र स्थानय सरकार भएपछि किन प्रदेश सरकार चाहियो भनेर प्रश्न गर्ने गर्छन् खासमा संघीयता नरुचाउनेले यस्ता प्रश्न उठाउने गरेका हुन ।” मुख्यमन्त्री राईले प्रदेश सरकारबाट समग्र समीक्षा मूल्यांकनसहितको एउटा डकुमेन्ट छिट्टै सार्वजनिक गरिने जानकारी गराउनुभयो ।

“प्रदेश सरकार बनेयता के–के सफलता हासिल भए ,एकपटक आफूले आफूलाई मूल्यांकन गर्ने, के कमजोरी रहे र के उपलब्धि हासिल भए भन्ने प्रस्ट गर्नेछौं,” उहाले भन्नुभयो “बाँकी अवधि कसरी अगाडि बढ्ने भन्ने पनि जनतालाई बुझाउने तयारी सरकारको छ ।”प्रदेश सरकार नयाँ संरचना भएको बताउँदै मुख्यमन्त्री राईले स्थानीय तह भएपछि प्रदेश सरकारको आवश्यकता छैन भन्नेहरूमध्ये एउटा मानसिकताबाट आएको, अर्काे संघीयताको मर्म थाहा नपाएकाहरूले यस किसिमको टिप्पणी गर्ने गरेको, बुझेर बुझ पचाउनेले पनि भन्ने गरेको र संघीयतालाई कमजोर बनाउन चाहनेले पनि यस्तो अर्नगल प्रचार गर्ने गरेको बताउनुभयो ।

प्रदेश सरकार अब निकै अगाडि बढ्ने भन्दै उहाले सही बाटोमा प्रदेश सरकार अगाडि बढिरहेको पनि बताउनुभयो । सरकार बन्दै गरेको अवस्था र आजको अवस्थामा फरकपन देखिएको अब ५ वर्षमा कहाँ पुगिने छ भनेर तथ्यांकहरूले प्रस्ट बोलेको मुख्यमन्त्री राईको भनाई थियो । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा विज्ञहरूको सहयोगमा प्रदेश पाश्र्वचित्र तयार गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button