मृत्युपछि कोरोना पुष्टी

विराटनगर ३१ भदौ । उपचारका क्रममा मृत्यु भएकी मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ६८ बर्षीया महिलामा कोरोना पुष्टी भएको छ ।

नोवेल मेडिकल कलेजमा पित्त थैलिको अप्रेसनपछि मृत्यु भएकि महिलामा कोरोना पुष्टि भएको हो । नोवेल मेडिकल कलेजमै उनको पिसिआर गरीएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो ।

उहाँका अनुसार यो सगै बेलबारीमा मृत्यु हुनेको सख्या २ पुगेको छ । यसअघि बेलबारी ५ की एक महिलाको विपि कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान धरानमा कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button