On Air BFM 91.2|Biratnagar

मेरिल्याण्ड कलेजमा वक्तृत्वकला

विराटनगर ९ चैत । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् ।
आज भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् ।

त्यस्तै नेपालीतर्फ अञ्जली रौनियार द्वितीय, कृष्णकुमार साह तृतीय र असिम आचार्य तृतीय भए । ‘सामाजिक सञ्जालको प्रयोग विद्यार्थीका लागि कति उचित कति अनुचित ?’ शीर्षकमा भएको प्रतियोगितामा कलेजका दुई दर्जन विद्यार्थी सहभागिता भएका थिए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र महेन्द्र मोरङ कलेजका प्राध्यापक राजन दत्त रहेको निर्णायक समितिले विजेताको घोषणा गरेको थियो । अंग्रेजीतर्फको प्रतियोगितामा आदर्श घतानी द्वितीय, स्वेता राजवंशी तृतीय र ललिता नाहाटा सान्त्वना भएका थिए । कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्रिन्सिपल लक्ष्मण ढकाल, सञ्चालक मनोजकुमार गुप्ता, नन्दकिशोर अग्रवाल, प्रा.डा. पिके झा, प्रदीप भगतलगायतले ट्रफी, प्रमाणपत्रसहित पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.

Call Now Button