मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

0
46

उर्लाबारी, २३ चैत। मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिनुभयो ।दुर्घटनामा मोटरसाइकलका चालक धरान–१७ कै २२ वर्षीय विजय विश्वकर्मा गम्भीर घाइते भएकाले उहाँको धरानमै उपचार भइरहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here