मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

0
279

सुनसरी, २८ पुस । सुनसरीको इटहरीमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । को१०प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ का अरुण राईको दुर्घटनामा परी मृत्यु भएको हो । गएराति प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा उनलाई घाइते अवस्थामा फेला पारेको थियो । बिजुलीको पोलमा राईको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटेपछि उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र्पुयाइएको प्रहरीले जनाएको छ । राईको सोही प्रतिष्ठानमा उपचार हुँदा हूँदै मृत्यु भएको हो । यता मोरङको बुढीगंगा गाउँपालिका २ बौराहामा साँझ तिर मोटरसाइकलले ठक्कर दिंदा स्थानीय सोनादेवी माझी घाइते भएकी छिन् । माझीलाई दक्षिणबाट उतरतर्फ जांदै गरेको को१७प २३१८ नम्बरको मोटरसाइकलले साँझेतिर ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएकी उनको विराट नर्सिङ होममा उपचारका भेैरहेको छ । मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी भई रहेको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here