On Air BFM 91.2|Biratnagar

मोदीले आजै लुम्बिनीमा गुम्बाको उद्घाटन गर्ने

विराटनगर, २ जेठ । बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । मोदी एक दिने नेपाल भ्रमणका लागि आज बिहान लुम्विनी आउनु भएको हो । भारतीय वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आइपुग्नु भएका मोदी भैरहवामा उहाँका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिनु भएको थियो ।

मोदीलाई हेलिप्याडमै पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नु भएको थियो ।

भैरहवामा ओर्लिएपछि मोदी सिधै मायादेवीको मन्दिर तर्फ लाग्नु भएको थियो । मोदीले अशोक स्तम्भको पनि अवलोकन गर्नुभएको छ ।

मोदीले आजै लुम्बिनीमा गुम्बाको उद्घाटन गर्ने र बुद्ध जयन्त्रीका अवसरमा त्यहाा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button