Tune to BFM 91.2|Biratnagar

मोबाइल चोरी गर्ने २ जना पक्राउ

विराटनगर, ३ साउन । मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

गत मंगलबार विराटनगर महानगरपालिका – १३ सैनिक टोलकी ममताकुमारी मण्डलको कोठाबाट मोबाइल र पावर बैंक चोरी गरेको आरोपमा सप्तरी बेलही चपेना गाउँपालिका– ३ बस्ने २४ वर्षिय संजय मण्डल र २० वर्षिय ओमकुमार मण्डललाई पक्राउ गरेको हो ।

मोबाइल चोरी गरी विराटनगर महानगरपालिका–४ बस्दै आएका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button