Tune to BFM 91.2|Biratnagar

मोरंगको रतुवामाईबाट १६ जना जुवाडे पक्राउ


विराटनगर, ६ मंसिर । मोरङ प्रहरीले मोरङको रतुवामाई नगरपालिकाबाट डेढ लाख बढी नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले रतुवामाई नगरपालिका वडानम्बर ८ का सागर बर्तौलाको घरबाट जुवाको खालमा छापा मारेर बर्तौलासहित १६ जनालाई पक्राउ गरेको हो ।

जुवाको खालबाट पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका ७ सिजुवा बजारका ४७ बर्षिय डिल्लीराम चौलागाईं, सोहि ठाउँका ३५ बर्षिय मोती पौडेल, ४३ बर्षिय रामनाथ मैनाली, ४१ बर्षिय देबीप्रसाद प्रसाई, ३७ बर्षिय रामनाथ नेपाल, ४५ बर्षिय हेमलाल प्रसाई र ४० बर्षिय नारायण चुडाल छन् । यसैगरी रतुवामाई ८ का ४४ बर्षिय सन्तबहादुर राई, ३५ बर्षिय सागर बर्तौला, ४५ बर्षिय दिपक ढुङगाना, ४५ बर्षिय योगराज घिमिरे, ३८ बर्षिय अशोक भट्टराई, ३९ बर्षिय राजन हस्ता सतार, रतुवामाई ६ का ४५ बर्षिय गोपी पराजुली, ३६ बर्षिय रविन पोखरेल र बेलबारी नगरपालिका ७ का २२ बर्षिय गणेश श्रेष्ठ छन् ।

खाल थापी जुवा भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले १६ जनालाई नियन्त्रणमा लिनुका साथै जुवाको खालबाट १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँसमेत बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले बताउनुभयो । जुवा खालबाट प्रहरीले १ बुक तास, १६ थान कौडा गोटी, १७ थान बिभिन्न कम्पनीका मोवाइलसहित १९ वटा मोटरसाइकल र २ वटा कारसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले गएराति साढे ११ बजे जुवा खालमा छापा मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button