मोरंग चेम्वर अफ कमर्समा : श्रेष्ठ

0
89

विराटनगर, ५ जेठ । मोरंग चेम्वर अफ कमर्सको प्रथम साधारणसभा विराटनगरमा सम्पन्न भएको छ ।
उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि आदि उद्योगी व्यापारीको हक हितमा कार्य गर्र्न चेम्वर अफ कमर्शको प्रथम साधारणसभाले सुरेशमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र गोल्छा, यादव पोखरेल, शिवप्रसाद रिजाल, महासचिवमा कृष्णप्रसाद दाहाल, सचिवमा हरिवहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोजकुमार मिश्र, सह कोषाध्यक्षमा प्रकाशनारायण चौधरी, सदस्यहरुमा अञ्जलीदेवी श्रेष्ठ, रमेश गिरी, डा.सन्देशदास श्रेष्ठ र सञ्जीव श्रेष्ठ रहनु भएको छ । बाँकी ३ जना भने पछि मनोनित गरिने बताईएको छ ।

नेपाल चेम्वर अफ कमर्शको १ नं. प्रदेश कार्यालय आगामी जेठ १४ गते विराटनगरमा उद्घाटन गरिने अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here