मोरङका दुई ठाउँमा बम फेला

0
65

 

विराटनगर, ११ मंसिर । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको भोलीपल्ट आज मोरङका दुई स्थानमा बम फेला परेका छन् । विराटनगर महानगरपालिका र केरावारी गाउँपालिकामा बम फेला पारिएको हो । विराटनगर ४ स्थित हाम्रो अस्पताल प्राली नजिकै फेला पारिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले दिउँसो १ः४५ बजे डिस्पोज गरेको छ । बम फेला स्थान विराटनगर विमानस्थल प्रवेश गर्ने मुख्य द्धवारबाट करिव सय मिटर दक्षिणमा पर्छ । बम डिस्पोज गर्ने क्रममा कोसी राजमार्गमा केहीबेर सवारी आवागमन बन्द गरिएको थियो । बम राखिएको छ भन्ने हल्ला चलेपछि त्यो स्थानलाई साढे ११ बजेदेखि सेना, नेपाल र सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएका थिए । रातो कपडा भित्र कालो टेपले बाँधेर राखिएको अवस्थामा बम भेटिएको थियो । बम राखिएको स्थानबाट सय मिटर वरपर सम्म मानिस आवतजावतमा रोक लगाउँदै सेनाले डिस्पोज गरेको हो । बम डिस्पोजको पहिलो प्रयास असफल भएको थियो । एक सैनिक अधिकारीका अनुसार शक्तिसाली रहेका कारण बम डिस्पोज गर्न निक्कै मेहनत गर्नु पर्यो । त्यस्तै केरावारी ९ देवीझोडा स्थित जंगलमा लुकाएर राखेको अवस्थामा सातवटा सकेट बम फेला पारिएको छ । बम शक्तिसाली रहे पनि बेलैमा थाहा पाएका कारण विष्फोट भएर कुनै क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसार टिनको बाकस भित्र लुकाएर राखेको अवस्थामा जंगलमा बम फेला पारिएको हो । यस विषयमा सूचना प्राप्त भए लगत्तै प्रहरी पुगेर हेर्दा बम रहेको पुष्टि भएपछि सेनाको टोली पुगेर डिस्पोज गरेको जानकारी उहाँले दिनु भयो । प्रहरीले बम राख्ने समूहको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । निर्वाचन विरोधी गतिविधी गर्नेले पड्काएर क्षति पुर्याउने भन्दा पनि जनजीवन आतंकित पार्ने हिसावमा बम राखिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here