Tune to BFM 91.2|Biratnagar

मोरङमा एक साता निषेधाज्ञा थप

विराटनगर, १६ भदौ । मोरङमा एक साताका लागि निषेधाज्ञा थपिएको छ । खुकुलो प्राबधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको हो ।

यसअघि दुई पटक थप हुँदै भदौ ५ गतेबाट जारी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

निषेधाज्ञाको अबधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । बजार तथा पसल अब ४ बजेसम्म खुल्ला हुने भएको छ । यसअघि दिनको १२ बजेसम्म मात्र बजार तथा पसल खुल्ला गरिएको थियो । प्रशासनले शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाएको छ ।

सरकारी कार्यालयले आलोपालो गरी न्युनतम् संख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिका अनुसार सेवा सञ्चालन गर्नुपर्ने भएको छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भएका छन् ।

जिल्लाभर राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button