मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार घोषणाको तयारी

0
21

विराटनगर ,२४ असोज, । आसन्न प्रतिनिधिसभा चुनावमा तालमेलको घोषणा गरेका एमाले र माओवादी दुबै दलले मोरङमा बेग्लाबेग्लै उम्मेदवारी घोषणाको तयारी गरेका छन् । केन्द्रमा चुनावी तालमेलको जोडघटाउ भइरहेका बेला दुबै पार्टीले आ–आफ्नो तर्फबाट उम्मदेवारको नाम माथिल्लो कमिटीमा सिफारिस गरेका छन् । दुबै पार्टीमा उम्मेदवारका आकांक्षीहरु धेरै देखिएका छन्, जसका कारण तालमेलमा गाह्रो पर्ने पूर्वसंकेत देखिएको छ । यसैबिच नेकपा एमाले मोरङ जिल्ला कमिटीले जिल्ला पदाधिकारी र क्षेत्रीय समितिका इञ्चार्जसहितको बैठक बसेर नामहरुको अन्तिम टुङ्गो लगाएको छ । नेकपा एमाले मोरङका अध्यक्ष बिनोद ढकालले प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा आकांक्षी बढी देखिएकाले उम्मेदवारको नाम सिफारिसमा समस्या भएको बताए । उनले भने– पार्टीको मापदण्ड एकातिर भएको अवस्था छ मापदण्डलाई मिचेर भए पनि जिल्ला कमिटीले धेरै व्यक्तिहरुको नाम प्रदेशसभामा पठाउन बाध्य भएको छ ।’ एमाले प्रचार विभागका अनुसार सबैभन्दा बढी मोरङको ३ नम्बर क्षेत्रमा उम्मेदवारको लर्काे लागेको छ । ३ नम्वर क्षेत्रबाट प्रतिनिधिसभामा सात जनाको नाम सिफारिस गरिएको छ । जसमा प्रमुख सचेतक भानुभक्त ढकाल, नेता गुरु बराल, घनेन्द्र बस्नेत, चण्डीप्रसाद राई, चन्द्रबहादुर गुरुङ, तेजमान सम्बाहाम्फे र मधु गुरुङको नाम प्रस्ताव गरिएको छ । क्षेत्र नम्बर ३ अन्तरगत पथरी, कानेपोखरीसहित बेलबारी र सुन्दर हरैंचाका केही वटाहरु समेटिएका छन् । त्यसैगरी मोरङको क्षेत्र १ बाट डा. शिवमाया तुम्बाहाम्फे र घनश्याम खतिवडाको नाम सिफारिस गरिएको छ । १ नम्बर क्षेत्रमा केराबारी, लेटाङ, उर्लाबारी र मिक्लाजुङ लगायतका स्थानीय तहहरु समेटिएका छन् । क्षेत्र नं २ मा भने एकजनाको मात्रै नाम सिफारिस भएको छ । सांसद ऋषिकेश पोखरेलको नाम सो क्षेत्रमा सर्वसम्मत भएको हो । क्षेत्र ४ मा महेश रेग्मी र जगत थापाको नाम प्रतिनिधिसभाका लागि प्रस्ताव गरिएको छ । क्षेत्र ५ मा बालेश्वर कामत र मीनादेवी यादवको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ६ लालबाबु पण्डित, यशोदा अधिकारी र रामलाल साहको नाम सिफारिस भएको एमाले मोरङले जानकारी दिइएको छ ।
…………………….

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here