Tune to BFM 91.2|Biratnagar

मोरङमा चाडपर्व लक्षित गरि १ हजार ६ सय बढी प्रहरी परिचालन

विराटनगर, २७ असोज । मोरङमा चाडपर्व लक्षित गरेर १ हजार ६ सय बढी प्रहरी परिचालन गरिएको छ । धार्मिक तीर्थस्थल, भीडभाड बढी हुने स्थान, बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक स्थल, अपराधिक घटना धेरै हुनसक्ने सम्भावित स्थानको सुरक्षा व्यवस्था कडा पारेर लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।

दशैंमा विभिन्न मठमन्दिर, शक्तिपीठ र धार्मिक तीर्थस्थलहरुमा अत्याधिक भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासन सक्रिय बनेको दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button