मोरङमा १५ करोडमा मनमोहन पार्क निर्माण हुँदै

0
58

विराटनगर, २० साउन । मोरङको वुढीगंगा गाउँपालिका–६ मा १५ करोडको लगानीमा मनमोहन पार्क निर्माण कार्य सुरु गरिएको छ । पूर्वाञ्चलमा पहिलो पटक यति ठूलो लगानीमा पार्क निर्माण कार्य सुरु गरिएको हो । जिल्ला समन्वय समिति मोरङले वुढीगंगा–६ स्थित मनमोहन मेमोरियल पोलिटेक्निकको हाताभित्र रहेको ६ विघा जग्गामा शैक्षिक संग्रालयसहितको पार्क निर्माण गर्न लागेको हो । पर्यटन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त १ करोड बजेटबाट अहिले निर्माण कार्य सुरु गरिएको स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले जानकारी दिनुभयो । मनमोहन पोलिटेक्निकका प्रिन्सिपल डा. सुरेश पोख्रेलका अनुसार दुई चरणमा सम्पन्न गरिने योजनासहितको मनमोहन पार्कमा १ वर्ष भित्र सञ्चालनमा आउने गरी १ करोडको लागतमा बोटिङ गर्न मिल्ने गरी पोखरी, सभा हल, फिटनेस क्लव, लङटेनिस, फुटसल, व्याडमेन्टन सहितको पार्क निर्माण गरिने छ ।

Comments

comments

LEAVE A REPLY