मोरङमा २७ कैदीबन्दी रिहा

विराटनगर, २७ चैत । जिल्ला कारागार कार्यालय मोरङले सर्वोच्च अदालतको एक बर्षे प्रक्रिया अन्तर्गत आजसम्म २७ जना कैदीहरुलाई रिहा गरिएको छ ।

सर्वोच्च अदालतको फौजदारी कार्यविधिसंहिता दफा १५५ प्रावधान अन्तर्गत गत चैत १२ गतेको वैठकवाट निर्णय गरे अनुसार एक महिला सहित २७ कैदी बन्दीहरुलाई रिहा गरिएको कारागार कार्यालय मोरङका प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिनु भयो ।

सर्वोच्चको निर्णय अनुसार एक वर्ष कैद सजाय पाएका कैदीहरुलाइ निजहरुको बाँकी अवधिको प्रतिदिनको तीन सय वुझाएर छाडिएको प्रमुख लामिछानेले बताउनु भयो । यसरी छाडिएका कैदी बन्दीहरुमा बहुविवाहका आठ, सवारी ज्यान सात, लागु औषध सात, बन पैदावर तीन, जवरजस्ती करणी एक र सरकारी छाप किर्ते मुद्दामा एक जनाले कैद सजाय भोगिरहेका थिए ।

जिल्ला कारागारमा कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमण प्रति सर्तकता अपनाउदै कैदीबन्दीहरुलाई सावुन पानीले हातधुने तरिका सिकाउनुका साथै सेनिटाइजर र मास्कको प्रयाप्त व्यवस्था गरिएको छ ।

कारागार मोरङमा ५० महिला र २ सय ५० पुरुष वस्ने क्षमता रहेकोमा ९० महिला र ७ सय ९४ पुरुषले कैद सजाय भोगिरहेका छन् । कारागारमा आश्रित ५ बालबालिका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button