Tune to BFM 91.2|Biratnagar

मोरङ चेम्बर अफ कमर्शको अध्यक्षमा पोखरेल सर्वसम्मत

विराटनगर, ३१ भदौ । उद्योगी व्यवसायीहरुको संस्था मोरङ चेम्बर अफ कमर्शको अध्यक्षमा विराटनगरका ब्यवसायी यादव पोखरेल सर्वसम्मत हुनु भएको छ । मोरङ चेम्बर अफ कमर्शको विराटनगरमा भएको चौथो बार्षिक साधारणसभा र दोस्रो अधिवेशनबाट पोखरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष पोखरेले यसअघि उपाध्यक्षको जिम्मेबारी बहन गर्नुभएको थियो । यादवसंगै उपाध्यक्षमा सुरेन्द्र गोल्छा र शिवप्रसाद रिजाल, महासचिवमा कृष्णप्रसाद दाहाल, कोषाध्यक्षमा मनोजकुमार मिश्र, सचिवमा हरिबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा देवेन्द्रबहादुर बस्नेत निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित १५ कार्यसमितिका सदस्यहरुमा रमेश गिरि, संजिव श्रेष्ठ, जुगलकिशोर राठी, भरत थापा, तुलसीप्रसाद पोखरेल, घनश्याम काबरा, दुर्गामणि रेग्मी र सागरराज जोशी रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button