मोहियानी हक हटाउँदै सरकार

0
51

सरकारले जग्गामा लाग्दै आएको मोहियानी हक पूर्णरूपमा हटाउने भएको छ । भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले जग्गामा रहेको दोहोरो स्वामित्व अन्त्य गर्न मोहियानी हक हटाउन थालिएको बताउनु भयो । नेपालमा २०२१ सालदेखि मोहियानी हक लाग्दै आएको छ। मन्त्रालयले २०७६ भदौ ४ गतेदेखि जग्गामा मोहियानी हक नलाग्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। पछिल्लो समय मन्त्रालयले भदौ ४ गतेपछि जग्गामा मोहियानी हक नलाग्ने गरी सूचनासमेत जारी गरिसकेको छ।यसका लागि सरकारले मोहियानी समस्या समाधान इकाईसमेत गठन गरिसकेको छ । यो इकाईले परेका निवेदनउपर छानबिन गरी जग्गामा रहेका द्वेध स्वामित्व अन्त्य गर्नेछ । सरकारले तोकेको समयमा मोही बाँडफाँटसम्बन्धी कामलाई सम्पन्न गर्न इकाई गठन गरिएको हो।उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंसहित बारा, पर्सा, सिरहा, सप्तरी, मोरङ, सुनसरी, कपिलबस्तु, झापा, दाङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा जग्गा बाँडफाँटसम्बन्धी समस्या चर्काे रूपमा देखिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here