मौन अवधिमा मतदाता शिक्षामा जोड

0
26

काठमाडौं, १९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि गए रातिदेखि मौन अवधि सुरु भएको छ । मतगणना नसकिँदासम्म अब दलहरुले चुनाव सम्बन्धी कुनै पनि गतिधि गर्न पाउँदैनन् । तर निर्वाचन आयोगले मतदाता शिक्षा दिन भने मौन अवधिलाई नै सबैभन्दा धेरै प्रयोग गर्दैछ । आयोगले हरेक मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्दै मतदातालाई भोट खसाल्ने तरिका सिकाउँदै छ । मतदाता शिक्षाका लागि निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि एकजना स्वयम् सेवक खटाएको छ । सोमरबारसम्म प्रचारप्रसारलाई तीव्र बनाएका उम्मेदवारले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाउँदैनन् । तर मतदाता शिक्षाका दिनका लागि भने आयोगले रोक लगाएको छैन । दलका पक्षमा सञ्चार प्रकाशन प्रशारण गरिरहेका विज्ञापन मौन अवधिमा हटाउनु पर्ने भए मतदता शिक्षा सम्बन्धी कुनै पनि समाग्रीमाथि रोक नलगाइएको आयोगका प्रवक्ता नवराज ढकालको भनाई छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here