म्याच फिक्सिङः फुटबलर सागर थापासहित ६ जनालाई सफाइ

0
115

काठमाडौं ः बहुचर्चित म्याच फिक्सिङ प्रकरणमा मुछिएका ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतले बिहीबार म्याच फिक्सिङमा संलग्न भएको आरोप लागेका खेलाडीलाई राष्ट्रिय विप्लवको कसुर नदेखिएको भन्दै सफाइ दिएको हो। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी अध्यक्ष रहेको बेन्चले म्याच मिक्सिङमा मुछिएका खेलाडीलाई सफाइ दिएको विशेष अदालतका प्रवक्ता नरेन्द्रकेशसरी पोखरेलले जानकारी दिए। बाबुराम रेग्मी अध्यक्ष रहेको बेन्चमा प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेल सदस्य थिए। विशेषबाट सफाइ पाउनेमा नेपाली राष्ट्रिय फुटबल टिमका तत्काली कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई सँगै प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका छन्। प्रहरीले अफगानिस्तान र बांग्लादेशसँगको खेलमा ‘म्याच फिक्सिङ’ को आरोपमा राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान थापासहित ६ जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो।उनीहरुविरुद्ध म्याच फिक्सिङको आरोपमा २०७२ कात्तिक २२ गते मुद्दा दर्ता भएको थियो। त्यत्तिबेला आईजीपी सर्वेन्द्र खनाल अपराध अनुसन्धान महाशाकाका प्रमुख थिए। पक्राउ परेका सबैलाई विश्व फुटबल महासंघ (फिफा) ले आजीवन प्रतिबन्ध लगाइसकेको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here