यति कार्पेट भक्तपुरमा आगलागी, अधिकांश मालसामान जलेर नष्ट

0
30

काठमाडौं, ४ असार । भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । गएराति साढे ११ बजेबाट सुरु भएको आगलागी आज बिहान साढे ७ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेका थिए । आगालागीबाट कारखानाका अधिकांश मालसामान जलेर नष्ट भएको छ । उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।

Comments

comments

LEAVE A REPLY