यस वर्ष पूर्वमा धान उत्पादन घट्यो

0
462

 

विराटनगर, ५ पुस । अन्नको भण्डार मानिने पूर्वाञ्चलमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको भन्दा यस वर्ष एक लाख ४५ हजार ६ सय २४ मेट्रीकटन कम धान उत्पादन भएको हो । गत बर्ष १६ लाख १२ हजार ८ सय ४९ मेट्रीकटन धान उत्पादन भएकोमा यस वर्ष १४ लाख ६७ हजार २ सय २५ मेट्रीकटन धान उत्पादन भएको हो । यस वर्ष आएको भीषण बाढीका कारण धान लगाउने खेत बालुवाले पुरिनु र रोप्ने समयमा बाढीले विउ समेत बगाएर लगेका कारण गत वर्षको तुलनामा धान उत्पादन हुने क्षेत्रफल समेत घटेकाले उत्पादनमा कमी आएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार सवै भन्दा बढी धान लगाउने र बढी धान उत्पादन हुने सप्तरी र सिरहामा बाढीले गर्दा यस वर्ष कम क्षेत्रफलमा धान लगाइयो । गत वर्ष पूर्वमा ४ लाख ४६ हजार ४ सय ६५ हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यसवर्ष ४ लाख ३२ हजार ९ सय ८९ हेक्टर क्षेत्रफलमा मात्रै धान लगाइएको निर्देशनालयले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here