Tune to BFM 91.2|Biratnagar

यात्रुहरुको रकम फिर्ता गर्न पर्यटन मन्त्रालयको निर्देशन

विराटनगर, १७ भदौ । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाण्डौ आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनु भएको हो ।

एयर अरेवियाले १४२ जना पिसिआर गरेको,१८ जना आरडिटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सवैलाई होटल क्वारेन्टाईनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले सवै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारवाही गर्न समेत निर्देशन दिनुभयो ।

अन्र्तराष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा वायुसेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाईन्सहरुलाई फलाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button