युवतीसहित लागूऔषध ओसारपसारमा संलग्न ३ पक्राउ

0
35

 

विराटनगर, १२ मंसिर । मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले गय राती लागूऔषध ओसारपसारमा संलग्न एक युवतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीको टोलीले लागूऔषधसहित ईटहरी उपमाहनगरपालिका १८ का २१ वर्षीय संगिता मल्लिक र झापा दमक नगरपालिका १ का २७ वर्षीय आशिष पाठकलाई पक्राउ गरेको हो । विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको मे ८ प ९३७२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध एभिल ४० एम्पुल, डाईजेल्याब ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र फेनारगन ४८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । त्यस्तै मोरङको सुन्दर हरैँचा नगरपालिका ४ का २२ वर्षीय सुमन बिकलाई पैदल हिडिरहेको अबस्थामा शंकालागी चेकजाँच गर्ने क्रममा डाईजेल्याब ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल, एभिल ४ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । शरिरका विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेलापारी मोटरसाईकलसहित नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here