यु १५ साफ च्याम्पियन्ससिप ः सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दै

0
37

काठमाडौ,९ भदौ । १५ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपालले समूह विजेता बन्दै सेमिफाइनल पुगेको बंगलादेशको चुनौती सामना गर्नुपर्ने भएको हो । नेपाल समूहको उपविजेता र बंगलादेश समुह विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । अर्काे सेमिफाइनलमा भारत र भुटान खेल्नेछन् । नेपाल र बंगलादेशको खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ भने भारत र भुटानको खेल हल्चोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा हुनेछ । दुवै खेल दिउँसो ३ बजेपछि शुरु हुनेछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here