यू-१५ साफको फाइनल अाज, उपाधिका लागि नेपाल र भारत भिड्ने

0
31

ललितपुर, ११ भाद्र । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधी छिनोफानो आज हुदैछ ललितपुरको सातदोबाटोस्थत एन्फा कम्प्लेक्समा अपरान्ह सुरु हुने खेलमा उपाधीका लागि नेपाल र भारत आमुन्ने सामुन्ने हुनेछन् । समूह चरणको आफ्नो दोश्रो खेलमा भारतसँगै पराजित भएर समूह उपबिजेता बन्दै सेमिफाईनल प्रबेश गरेको नेपालले सेमिफाईनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले पाखा लाउदै फाईनलमा पुन भारतसँगको भेट पक्का गरेको हो । उता एउटै समूहमा रहेको नेपाललाई जित्दै समूह बिजेता बनेर सेमिफाईनलमा पुगेको भारतले सेमिफाईनलमा भुटानलाई २ – ० ले हराउदै पुन नेपालसँगको भेट जुराएको हो । यसअघि सेमिफाइनलको हारको बदला लिन नेपाललाई यो फाइनल सुनौलो मौका हुने देखिन्छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here