रथयात्रामा प्रहरीको अनुरोध

0
6317

विराटनगर, ३१ साउन । विराटनगरमा भोली निकालिने राधाकृष्ण रथयात्रामा कुनै पनि अवान्छित गतिविधि हुन नदिन प्रहरीले सुरक्षा योजना तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा योजना अनुसार सार्वजनिक अपिल समेत गरेको छ । प्रहरीले बहुमुल्य गरगहना लगाई मेलामा नआउन आग्रह गरेको छ । प्रहरीले १० वुँदे सूचना जारी गर्दै आवश्यकता भन्दा बढि नगद बोकी मेलामा नआउन तथा ब्यक्तिगत सामानहरू मोवाईल, पर्स, घडी बहुमुल्य वस्तु नबोक्न आग्रह गरिएको प्रहरी प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा आउने महिला, बालबालिका तथा बृद्ध बृद्धाहरूलाई सम्मान गर्न आग्रह गरिएको छ । अपरिचित व्यक्तिले दिएको खानेकुराहरू नखान, मादक पदार्थ तथा नशाजन्य पदार्थ सेवन गरी रथयात्रामा सहभागी नहुन र रथयात्रा हुने मार्ग आसपासमा सवारी साधनहरू नचलाउन आग्रह गरिएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here