रथ यात्रा निकालिएको ५० वर्ष पुरा

0
64

विराटनगर साउन २४÷प्रत्येक वर्ष विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगको छ । रथ यात्रा निकालिएको ५० वर्ष पुगको अवसरमा यो वर्षको राधाकृष्ण रथ यात्रालाई स्वर्ण महोत्सवका रुपमा मनाईने भएको छ । विराटनगर तिनपैनी स्थित राधाकृष्ण मन्दीरवाट प्रतेकवर्ष श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट रथयात्रा निकालिने गरिन्छ । श्री राधाकृष्ण रथ यात्रा समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी रथ यात्राको तयारीका वारेमा जानकारी गराउदै स्वर्ण महोत्सवको रुपमा मनाउन लागेको ऐतिहासिक राधाकृष्ण रथयात्राको यसपटक भव्य तयारी भइरहेको जनाएको छ ।आयोजक समितिका अध्यक्ष वावुराजा ओझाले राधाकृष्ण रथ यात्राको राष्ट्रिपति विध्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जानकारी गराउनुभयो । उहाले रथ यात्रा निकालिएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवको अवसर पारेर राष्ट्रपतीवाट उद्घाटन रथयात्राको उद्घाटनको तयारी भइरहेको वताउनुभयो । विराटनगरको तिनपैने स्थित राधाकृष्ण मन्दिरवाट शुरु हुने रथ यात्राले नगर क्षेत्रको सात किलो मिटिरको दुरी परिक्रमा गर्ने वताइएको छ ।सो अवसरमा ४३ स्थानमा रथ यात्रा विश्राम गरिने छ ।त्यसैगरी रथ यात्राको अवसरमा हेलिकप्टरवाट पुष्पदृष्ट्रि गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।रथ यात्रामा नेपाल भारतका गरी ५ लाख भतmजनको सहभागीता रहने समितिका संयोजक ओझाले जानकारी दिनुभयो ।रथ यात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।प्रत्येक वर्ष श्री कृष्ण जन्म अष्टमीको भोली पल्ट विराटनगरमा विषेश राधाकृष्ण रथ यात्रा निकालिने गरिन्छ । विराटनगरको तिनपैनीमा रहेको राधाकृष्ण मन्दिरको स्थापना सगै विक्रम सम्वद १९८८ सालदेखि खट यात्राको एतिहासिक जात्रा शुरु भएको थियो ।त्यसपछि २०२५ सालवाट रथको निर्माण गरी रथ यात्रा विगत ५० वर्षदेखि सञ्चालन हुदै आएको छ ।यो वर्ष प्रयोगमा ल्याइने रथ सुनौलो रंगमा पेगोडा शैलीको हुनेछ भने जसको लम्वाई १२ फिट चौडाई १४ फिट र उचाई १८ फिट रहने र रथमा प्रयोग गरिने डोरीको लम्वाई भने ७५ फिट रहने वताएको छ ।त्यसैैगरी रथयात्राको अवसर पारेर प्रतेकवर्ष प्रदान गरिने पोकरमल राठीको स्मृतिमा राठी परिवारवाट स्थापित पोकरमल धर्मसंस्कृति पुरस्कार यसवर्ष प्रखर भागवत वाचक पण्डित श्री भवानी शंखर निरौलालाई प्रदान गरिने भएको छ । पुरस्कारको राषि एकलाख १ हजार रुपैया रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here