राजधानी माग्दै धनकुटामा पुन आम हडताल

0
114

धनकुटा, पौष २४ । प्रदेशको राजधानीे माग गर्दै आम हडताल गरि रहेको धनकुटाले हिजो केहि आम हडताल खुल्ला गरे पनि आज पुन यातायात बन्द गरेको छ । बिहान ६ बजे देखि बेलुकी ५ बजे सम्म पुर्ण रुपमा यातायात तथा बजारहरु बन्द गरिने १ नं प्रदेशको राजधानी धनकुटालाइ बनाऔ अभियान संघर्ष समितिको निणर्य अनुसार आज बिहानै देखि बजार तथा यातायातहरु बन्द रहेका छन । हिजो बाट आम आन्दोलनको स्वरुप बदल्दै आमहडताल स्थगन गरे पनि आज काठमाडौमा मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुख र प्रदेशको राजधानी तोकिने भएकाले दवाव स्वारुप आज पुन आमहडताल जारी राख्नु परेको समितिले जनाएको छ ।विहानै देखि कोशी राजमार्गको विभिन्न ठाउहरुमा बन्द कर्ताहरु नारा जुलुुस लगाउदै राजमार्ग बन्द गरि रहेका छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here